काठमाण्डौँमा यो वर्षकै न्यूनतम तापक्रम २ डिग्री सेल्सियस ।
काठमाण्डौँँ, काठमाण्डौँमा यो वर्षकै न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन भएको छ ।
मंसिर २९ गते काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस थियो । त्यसयता भने काठमाण्डौँको तापक्रम बढेर ५.१ डिग्री सेल्सियससम्म पुगेको थियो । बुधबार बिहान पौने ६ बजे काठमाण्डौँको तापक्रम ५.१ डिग्री सेल्सियस पुगेको थियो ।
बिहीबार काठमाण्डौँको तापक्रम केही घटेको छ । आज बिहान ६ बजे काठमाण्डौँको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस छ ।
तापक्रम बढ्ने र घट्नेक्रम जारी रहने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ । डिसेम्बर र जनवरी न्यूनतम तापक्रम घटबढ भइरहने महिना भएको उनले बताए ।
जनवरी सबैभन्दा चिसो महिना भएकाले तापक्रम अझै घट्ने सम्भावना रहेको उनको भनाइ छ ।
जनवरीको पनि पहिलो र दोस्रो साता सबैभन्दा धेरै चिसो समय हो । मौसमविद् मानन्धरले बताइन । त्यसैले काठमाण्डौँको तापक्रम २ डिग्री सेल्सियसभन्दा कम हुने सम्भावना छ ।
न्यूनतम तापक्रम २ डिग्री सेल्सियसकै आसपासमा रहन पनि सक्ने उनले बताए । यद्यपि, यो वर्ष काठमाण्डौँको न्यूनतम तापक्रम माइनसमा भने नजाने निश्चित रहेको उनको भनाइ छ ।
फेब्रुअरी तेस्रो हप्ताबाट चिसो कम हुँदै तापक्रम बढ्नेक्रम सुरु हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्