२०८१ पुष १९

काठमाण्डौँ मनाङ जिल्ला सेवा केन्द्रको तमू ल्होसार–२०८१ कार्यक्रम सम्पन्न ।

काठमाण्डौँ, काठमाण्डौँ मनाङ जिल्ला सेवा केन्द्र (गुरुङ समाज)ले तमू ल्होसार–२०८१ भब्यताका साथ मनाएको छ ।
आप्mनो थातथलो भन्दा पर, काठमाण्डौँमा बस्दै आएका मनाङी तमूहरुले विगत बर्ष झै यस बर्ष पनि तमू ल्होसार–२०८१ भब्यताका साथ मनाएका छन् । केन्द्रका अध्यक्ष रामकृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवं सांसद माननीय टेकबहादुर गुरुङले ल्होसार कार्यक्रमले तमू जातिको धर्म, संस्कार र संस्कृति र भाषालाई जोगाउन मदत पुग्ने बताए ।


सांसद गुरुङले मान्छे जन्मिए पछि मर्नु पर्छ । एक्लै आउछ र एक्लै जान्छ । जन्म र मृत्यु बिचको अवधि जिवनमा मानिसले सकेको समाज र देशका लागि राम्रो काम गर्नु पर्दछ । मेरो र तेरो नभनी समाज उपयोगी काम गर्नु पर्दछ । एक आर्कालाई रिस–राग नराखी आपसमा मित्रता रख्नु पर्दछ । त्यो नै हाम्रो धर्म हो । त्यो नै हाम्रो जिवनको मूल उपलब्धी हो । र त्यो नै हाम्रो तागत भएको बताए ।


तपाइ–हामी आज ल्होसार मनाउनका लागि एक भएर यहाँ उपस्थित् भएका छौं । यसैगरी, धर्म कर्म, संस्कार र संस्कृतिका साथै समाज उपयोगी कार्य गर्न एकजुट भएर लाग्न प्रेरणा मिल्ने पनि बताए । सांसद गुरुङले तमू ल्होसार मूल समितिले हरे बर्ष टुडीखेलमा आयोजना गर्ने ल्होसार कार्यक्रममा आप्mनो जिल्लाको ब्यानर सहित सहभागिता जनाउन पनि सुझाव दिए ।


कार्यक्रमा विविध सांस्कृतिक झल्काउने नृत्यहरु प्रस्तुत गरिएको थियो । भने नाल्मा समाज लमजुङको विशेष प्रस्तुती रहेको थियो । त्यसैगरी, समाजका लागि उल्लेख्य कार्यका साथै केन्द्रलाई सहयोग गर्ने ब्यक्तीत्वहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।


दुर्गा घलेले सञ्चालन गरेको उक्त कार्यक्रममा पूर्वमन्त्री देवप्रसाद गुरुङ, पूर्व सांसद चिन्ताबहादुर गुरुङ, जिल्ला समन्वय समिति प्रमुख चिन घले, पूर्व प्रमुख यज्ञप्रसाद धले, पूर्व जिल्ला सभापति शेरबहादुर गुरुङ, केन्द्रका पूर्व अध्यक्षहरु लगायत काठमाण्डौँमा बस्दै आएका मनाङी तमूहरुको बाक्लो उपस्थिती रहेको थियो ।