२०८१ पुष २३

मनाङको डोना खोलामा जलविद्युत आयोजना निमार्ण हुने ।

काठमाण्डौँ, मनाङ जिल्लाको नासोँ गाउँपालिकामा अवस्थित दाना खोलामा लालुपाते हाइड्रोपावर कम्पनी प्राईभेट लिमिटेडले ४९ दशमलव ९५ मेघावाटको जलविद्युत आयोजना निमार्ण गर्ने भएको छ ।
शुक्रबार काठमाण्डौँ कार्यक्रम गरी मुख्य नेपाली ६ वटा बैंकहरुको नेतृत्व गर्दै सानीमा बैंकसँग लालुपाते हाइड्रो पावर कम्पनले विक्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ । यस दाना खोला जलविद्युत आयोजनाको निमार्ण कार्य ३३ महिना रहेकोे पनि जनाइएको छ ।
कार्यक्रममा उर्जा, जलश्रोत तथा सिचाईमन्त्री दिपक खड्काले नेपाली उर्जा क्षेत्र पहिलेको नभएको भन्दै निजी क्षेत्रको सहभागितामा नेपाली उर्जालाई अधि बडाउन सरकारले नीति, नियममा समय सापेक्ष परिमार्जन गरेको बताए । मन्त्री खड्काले पहिलो जस्तो “नेपाली खोला पहूँच वालाको झोलामा” भन्ने दिन गएको भन्दै सही लगानीकर्ताहरुको खोजीमा सरकार लागेको पनि बताए ।


उनले नेपाल सरकार श्रोत माथिको पहूँच समान भन्ने मान्यताका साथ अधि बडेकाले आर्थिक विपन्नलाई कम्तीमा ५ लाख सम्म ऋण उपलब्ध गराई विकास निमार्णमा लगानी गर्न सहयोगी बन्ने नीतिका साथ अधि बडेको पनि बताए ।
कार्यक्रमका विशिष्ट अतिथि मनाङका प्रतिनिधिसभा सदस्य माननीय टेक बहादुर गुरुङले कुनै पनि योजना निर्माण गर्नको लागि सडक नभइ हुँदैन । विकासको योजना गर्दा मुख्यतः सडक नै प्राथमिक्तामा पर्न आउँछ । सडक राम्रो भएन भने आयोजनाहरु समयमै सम्पन्न हुन सक्दैन । त्यसका साथै लगानी पनि बढने बताए ।


सांसद गुरुङले लालुपाते हाइड्रो पावर प्रोजेक्टको प्रमुख केन्द्र मनाङको नाचै गाउँमा रहेको र त्यहॉ सम्म पुग्ने सडक अझै पनि बनेको छैन । सडक निमार्ण कार्य हालै मात्र शुरु भएकाले छ । त्यसैले नाचैसम्म पुग्ने खोत्रो–नाचै सडक निमार्णमा लालुपाते हाइड्रो पावर कम्पनीले पनि सहयोग गरेमा यो सडक निमार्ण चॉडै सम्पन्न हुने र हाइड्रो पावर आयोजनाको निमार्ण कार्य पनि समयमै शुरु हुने बताए ।
मनाङ मस्र्याङदी हाइड्रो पावर कम्पनिले लमजुङको खुदीदेखि मनाङको कोतोसम्मको ५० किलोमिटर सडक विस्तार र स्तरउन्नतीको काम शुरु गरेको छ । जसका कारण ठूला–ठूला निमार्ण सामाग्री बोकेको सवारी साधानहरु ीनमार्ण स्थलसम्म आउन सकेको छ । त्यसैले यस लालुपाते हाइड्रो कम्पनीले पनि खोत्रो–नाचै सडक निमार्णमा सहयोग गर्नुहुने छ भन्ने अपेक्षा गरेको बताए ।
उनले दाना खोला हाइड्रो पावर आयोजना मात्र नभएर मनाङ जिल्लामा निमार्ण हुने सबै आयोजना र विकासका काममा मनाङ जिल्लाको जनप्रतिनिधि र स्थानीय जनताहरुबाट सबै प्रकारको साथ–सहयोग रहने प्रतिद्धता ब्यक्त गरे ।


नासोँ गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले दाना खोला जलविद्युत आयोजना गाउँपालिकाको सम्पत्ती भएको भन्दै निधारीत समयमै बिना अवरोध निमार्ण कार्य सम्पन्न गर्न ब्यक्तीगत र स्थानीयको संधै साथ सहयोग रहने बताए । प्रमुख गुरुङले कम्पनीले ईआइ, पिपीए र सार्वजनीक सुनुवाई कार्यक्रममा ब्यक्त गरेका प्रतिद्धताहरु अक्षरस पालना हुनपर्नेमा जोड दिए ।
कूल ९९६ करोड रुपैयाँ लगानीमा निमार्ण हुने यस आयोजनामा ७४७ करोड विभिन्न बैंकहरुबाट ऋण, प्रर्बतकहरुबाट २४९ करोड लगानी रहने छ भने कूल लगानीको २४.९ करोड स्थानीयका लागि शेयर जारी गरिने, स्वपूँजीको ४९.८ करोड र स्थानीय सर्वसाधरणबाट ७४.७ करोड रुपैयाँ संकलन गरिने कम्पनीले जनाएको छ ।