२०८१ माघ ९

तराईमा बाक्लो हुस्सु र कुहिरो, सुदूरपश्चिममा वर्षाको सम्भावना ।

काठमाण्डौँ, आज सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा वर्षा हुने सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्नसक्ने विभागको भनाइ छ ।
आज बिहाहन तराईका अधिकांश स्थानमा आज हुस्सु र कुहिरो लागेको छ । केही दिनदेखि तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्दै आएको विभागले जनाएको छ ।
विराटनगरमा आज बिहान ६०० मिटर भिजिविलिटी रहेको छ । “धनगढीमा ८०० मिटर, नेपालगञ्जमा ८०० मिटर र भैरहवामा दुई हजार मिटर भिजिविलिटी रहेको विभागल्े जनाएको छ ।
भोलि बिहिबारबाट हुस्सु र कुहिरो केही कम हुनेछ । बिहीबार आंशिक बदली रहेका कारण हुस्सु र कुहिरो आजको तुलनामा केही कम हुने विभागको भनाइ छ ।
मंगलबार आजभन्दा धेरै हुुस्सु र कुहिरो लागेको थियो । हिजो बिहान भैरहवामा ५० मिटर, विराटनगरमा सय मिटर, सिमरामा दुई सय मिटर भिजिविलिटी रहेको थियो । बिहीबारबाट नयाँ मौसमी प्रणाली भित्रने पनि पवभागले जनाएको छ ।