२०८१ चैत्र १

कार्यव्यस्था परामर्श समितिको बैठक बस्दै ।

काठमाण्डौँ, आज संघीय संसद् प्रतिनिधिसभाको कार्यव्यस्था परामर्श समितिको बैठक बस्दै छ ।
सभामुख देवराज घिमिरेले संसद्को आसन्न अधिवेशनको तयारीका लागि कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठक दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।
प्रतिनिधिसभा बैठक यही माघ १८ गते दिउँसो १ बजे बस्नेछ । विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग–अलग छलफल गरिरहेका छन् ।