२०८१ चैत्र १

आज देशभरको मौसममा परिर्वतन, हिमपात, बर्षाका साथै हुस्सु कायमै ।

काठमाण्डौँ, पश्चिमी वायुका कारण आज देशका केही स्थानको मौसम बदली हुने भएको छ । केही स्थानमा हिमपात र वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा छ ।
तराईका स्थानमा हुस्सु÷कुहिरो लागेको छ । बाक्लो हुस्सु र कुइरोका कारण केहीबेर अधि विराटनगरको भिजिविलिटी १०० मिटर छ । नेपालगञ्ज र धनगढीको समान दुई हजार मिटर भिजिविलिटी छ । भैरहवाको २५ सय र सिमराको चार हजार मिटर भिजिविलिटी रहेको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार आज दिउँसो कोसीदेखि वाग्मती प्रदेशसम्म आंशिक बदली हुनेछ । गण्डकी प्रदेशको मिाली उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
लुम्बिनी प्रदेशमा आंशिक बदली मात्र हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपात र वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
यसैबीच, काठमाडौंमा आज दिनभर आंशिक बदली हुनेछ । विभागले बिहान पौने ६ बजे काठमाण्डौँको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको जनाएको छ । दिउँसो बढेर २२ देखि २२ डिग्री सेल्सियससम्म पुग्नेछ ।