२०८१ फाल्गुन २८
मनाङ जिल्ला भूमि समस्या समाधान आयोगमा तीन सदस्य नियुक्त ।

काठमाण्डौँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गरेका छन् ।
मन्त्री अधिकारीले मनाङ जिल्लाको भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा राजन गुरुङ (विज्ञ), छिरिङ ओङमा गुरुङ (घले) महिला सदस्य र छिरिङ लोप्साङ गुरुङ सदस्यमा नियुक्त गरेको छ ।
केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने व्यवस्था अनुसार मन्त्री अधिकारीले शुक्रवार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।
सरकारले भूमि क्षेत्रका समस्याहरूलाई दिगोरुपमा समाधान गर्न यसअघि नै मनाङ जिल्ला भूमि समस्या समाधान आयोगको जिल्ला समिति अध्यक्षमा साङदो लामा चयन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्