मनाङको पिसाङ र ङावलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निमार्ण हुने ।

मनाङ, मनाङको ङिस्याङ गाउँपालिकाको वडा न –१, पिसाङ र वडा नं–३, ङावलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निमार्ण हुने भएको छ ।
प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर गुरुङको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ङिस्याङ गाउँपालिकाको वडा न –१, पिसाङ र वडा नं–३, ङावलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निमार्णका लागि यसबर्ष ३८ लाख ८६ हजार रुपैयाँका दरले दुवै केन्द्रलाई बजेट विनियोजन गरेको छ ।
मनाङको ङिस्याङ वडा नम्बर १, पिसाङमा स्वास्थ्य केन्द्र स्थापनाका लागि स्थानीय छिरिङ धलेले कित्ता नं.–६३, को ३ रोपनी, ६ आना १ पैसा र १ दाम र वाङग्याल गुरुङले कित्ता नं.५९ को २ रोपनी, ८ आना, २ पैसा १ दाम जग्गा निशुल्क प्रदान गरेका छन् । उता ङिस्याङ–३, ङावलमा भने निमार्ण हुने स्वास्थ्य केन्द्रको नाममा ३ रोपनीभन्दा बढी जगा रहेको छ ।
सो जग्गामा तीन कोठे आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाका लागि यसबर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनही ३८ लाख ८६ हजार रुपैयाँका दरले आपतकालीन कोषबाट बिनियोजन गरेको हो ।
विनियोजित बजेटबाट काम शुरु गर्दै गर्ने र आगामी बजेटमा बहुबर्षीय बजेट मार्फत बजेट विनियोजित गरी निमार्ण सम्पन्न गरिने सांसद माननीय गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस्