२०८१ चैत्र १
आज कोसी, गण्डकी र कर्णालीको हिमाली क्षेत्रमा हिमपातको सम्भावना ।

काठमाण्डौँ, पश्चिमी वायुका कारण आज बिहान कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रहने जनाएको महाशाखाले जनाएको छ । बाँकी प्रदेशको मौसम सफा रहनेछ । त्यसैगरी तराई क्षेत्र लगायत उपत्यकामा हुस्सु र कुइरो लागेको महाशाखाले जनाएको छ ।
आज कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्