मनाङमा पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाउने तयारी पुरा ।

मनाङ, हिमालपारीको जिल्ला मनाङको ङिस्याङ, नारपाभूमी, चामे र नासोँ चारैवटा गाउँपालिकाहरुमा पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाउने तयारी भइरहेको छ ।
आगामी फागुन १८, १९ र २० गते अन्नपूर्ण मा.वि, ङिस्याङ, लोकप्रिय मा.विं, चामे गौरीशंकर आधारभूत विद्यालय, चामे र प्रकाश ज्योती मा.वि, नासोँमा खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय, मनाङकी प्रमुख रविना ठगुनाले बताइन ।
खोप कार्यक्रम सञ्चालनका लागी सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख, सबै पालिकाहरुमा रहेको २४ वटै स्वास्थ्य संस्थाकाका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्याल, मनाङ र जिल्ला आयूर्वेदीक अस्पताल, मनाङको प्रत्यक्ष सहभागी रहने जनाइएको छ । खोप सम्बन्धी दुई दिने अभिमुखीकरण कारण सम्पन्न भएको पनि प्रदेश जनस्वास्थ्य प्रमुख ठगुनाले बताइन ।
मनाङ जिल्लाका सबै विद्यालयहरु चिसोका कारण बन्द रहेको र फागुन पहिलो हप्ताबाट खुल्ने भएकाले फागुन १८,१९ र २० गते खोप कार्यक्रम सञ्चालन हुने ठगुनाले बताइन ।
खोप कार्यक्रममा जिल्लाका सबै विद्यालयका १०३ जना र अन्य ६ जना गरी कुल १०९ जनालाई खोप लगाउने तयारी रहेको भएतापनि अन्यको संख्या बढन सक्ने अनुमान गरिएको प्रमुख ठगुनाले बताइन ।
प्रतिक्रिया दिनुहोस्