तिमाङको जंगलमा लागेको डढेलो सम्बन्धमा माननीय टेकबहादुर गुरुङद्वारा चिन्ता ब्यक्त, सभामुख मार्फत सरकारको ध्यान आर्कषण ।

मनाङ, प्रतिनिधिसभा सदस्य माननीय टेकबमनाङ गुरुङले मनाङ जिल्लाको चामे गाउँपालिका वडा नम्बर–१ तिमाङको जंगलमा लागेको डढेलो नियन्त्रणका सम्बन्धमा सभामुख मार्फत नेपाल सरकारको ध्यान अर्कषण गरका छन् ।
प्रतिनिधिसभा सदस्य माननीय गुरुङले मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै १२ औं दिन वितिसक्दा पनि डढेलो अझै नियन्त्रण हुन सकेको छैन । सयौं हेक्टर बन, जंगली पशुपंक्षी, बहुमुल्य जडीबुटी जलेर नष्ट भइरहेको छ ।
जिल्ला स्थित् सबै सुरक्षा अंगहरु, स्थानिय सरकार र सर्वसाधरण डढेलो नियन्त्रामा लागे ता पनि भौगोलिक विकटता र प्राकृतिक कारणले गर्दा ढडेलो नियन्त्रणमा समस्या भएको भन्दै सरकारको ध्यान आर्कषण गर्दै यथाशिध्र ढडेलो नियन्त्रणको लागि बैज्ञानिक उपाय अपनाउन समेत जोडदार माग गरेका छन् ।
सांसद माननीय गुरुङले २०७७ साल मंसिरमा पनि मनाङकै नासोँ गाउँपालिकाको जंगलमा दुई महिनासम्म डढेलो लागेको थियो । जसका कारण एक हजार दुई सय हेक्टर वनका साथै जंगली पशुपंक्षी, बहुमुल्य जडीबुटी समेत जलेर नष्ट भएको थियो ।
जलवायु परिर्वतनका कारण हिमाली क्षेत्र प्रभावित बन्दै गइरहेको अवस्थामा यसरी बर्षेनी हिमाली जिल्ला मनाङको वनमा डढेलो लाग्नु, समयमै नियन्त्रण गर्न नसक्नुले अझ बढी चुनौती थपिन्दै गइरहेको भन्दै संसदको ध्यान आर्कषण गराए ।
त्यसैगरी मनाङ जिल्लाका अधिकांश वन क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्दछ । तर बर्षेनी मनाङको वन क्षेत्रमा हुने डढेलो, वन अतिक्रमण र विनाश नियन्त्रण र रोकथामका लागि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) जिम्मेवार भएको पाइन्दैन । त्यसैले, सम्माननीय सभामुख मार्फत अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) लाई जिम्मेवार बन्नलाई ध्यान आर्कषण गराए ।
प्रतिक्रिया दिनुहोस्