प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने ।

काठमाण्डौँ, संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा बैठक आज दिउसो १ बजे संसद् भवन नयाँबानेश्नरमा बस्ने भएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
गृह मन्त्री रमेश लेखकले ’नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ’मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्