२०८१ चैत्र २९

महाशिवरात्री नजिकीएसंगै पशुपति आइपुगे साधुसन्त ।

काठमाण्डौँ, साधुसन्तहरू महाशिवरात्रिका लागि पशुपतिनाथ आउन थालेका छन् । फागुन १४ गतेको महाशिवरात्रिका लागि उनीहरू पशुपतिमा आइपुगेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले जानकारी दिए ।
पशुपति आइपुगेका सुाधसन्तलाई सुरक्षित व्यवस्थापन गरिरहेका छौँ । आउने क्रम जारी रहेकाले कति जना आए भन्ने यकिन तथ्यांक आइसकेको छैन, उनले भने, “साधुसन्तलाई भव्य स्वागत गरिरहेका छौँ । उहाँहरूले महाकुम्भ स्नान गरेर आइपुग्यौँ भनेका छन् । साधुसन्तहरू टोली नै बनाएर आइरहेको निर्देशक जोशीले जानकारी दिए ।
जोशीका अनुसार, विगतका वर्षहरूको तुलनामा यस वर्ष भक्तजन र साधुसन्तको संख्या बढ्ने अनुमान गरिएको छ । महाकुम्भको अवसर भएकाले पनि यस वर्ष शिवरात्रिमा अत्यधिक भक्तजन आउने अनुमान कोषको छ । जोशीका अनुसार, कोषले यसपटक झन्डै १० लाख भक्तजनले दर्शन गर्ने अनुमान गरेको छ ।
कोषले शिवरात्रिको व्यवस्थाका लागि एक करोड रुपैयाँ छुट्याएको छ । यस्तै, महाशिवरात्रिका लागि सबै तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ । महाशिवरात्रिका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ । भोलि बिहान ७ बजे साधुसन्तको ¥याली गरिने उनले भने ।