२०८१ चैत्र १

खाना पकाउने ग्यासको मूल्य बढ्यो, प्रतिशिलिण्डर १२ रुपैयाँ ७५ पैसा कायम गर्ने सहमति ।

काठमाण्डौँ, सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको सहमती अनुसार ग्यासको मूल्य १२ रूपैयाँ ७५ पैसा बढाउने सहमति भएको छ। मूल्य बढाउने सहित पाँच बुँदे सहमती पछि एलपी ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका छन् ।
सहमतिको १ नम्बर बुँदामा भनिएको छ, “मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रूपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीलाई जानकारी गराइयो ।
सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर एक हजार नौ सय १० रुपैयाँबाट बढेर एक हजार नौ सय २२ रूपैयाँ ७५ पैसा पुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र उद्योगीबीच वार्ता भएको थियो ।