२०८१ फाल्गुन २७

अमेरिकाबाट डिपोर्ट भएका नेपालीको संख्या ३८ पुग्यो ।

काठमाण्डौँ, अमेरिकाबाट डिपोर्ट भएका नेपालीको संख्या ३८ पुगेको छ ।
फागुन २२ गतेम आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो । त्यसयता थप ३ जनाको डीपोर्ट भएको अध्यागमन विभागले जनाएको छ ।
यता, मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीले पनि २० जनवरीयता अमेरिकाबाट नेपाल डिपोर्ट हुनेको संख्या ३८ पुगेको बताएको छ ।
डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित पछि गैरकानूनी रुपमा अमेरिकामा बसोबसा गर्दै आएकाहरुर धमाधम डिपोर्ट हुन थालेका छन् । फागुन २२ गते मात्रै आठ नेपालीलाई चाटर्ड विमानमार्फत हत्कडी र नेल लगाएर काठमाण्डौँको त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थालको अध्यागमन विभागलाई जिम्मा लगाएको थियो ।