नासोंमा“महिलाहरुका लागि एकिकृत स्क्रिनिङ शिविर”सम्पन्न, तीनजनाको रिर्पोट शंकास्पद ।

धारापानी, नासो गाउँपलिकाका तीन जना महिलामा नसर्ने प्रकृतिको क्यान्सर संक्रमणको आशंका गरिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय चामे, मनाङको आयोजना तथा नासों गाउँपालिका, मनाङको समन्वयमा मितिः२०८१/११/२३ गते “महिलाहरुका लागि एकिकृत स्क्रिनिङ (पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्या तथा अब्ष्टेट्रिक फिस्टुला) शिविर” संचालनका क्रममा तीन जनाको स्कीनिङ रिर्पोट पोजेटीभ देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय मनाङकी प्रमुख रविना ठगुनाले बताइन ।
उक्त कार्यक्रममा जिल्लामै उपलब्ध विशेषज्ञहरुले पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्या तथा अब्ष्टेट्रिक फिस्टुलाको परीक्षण गरेका थिए । परीक्षणक्रममा वोजेटीभ देखिएकाहरुलाई हो होइन भन्ने प्रमाणीत गर्न थप सुविधा सम्पन्न अस्पतालहरुमा रेफर गरिएको छ । त्यसका लागि जनस्वास्थ्य कार्यालय चामले सहजीकरण गर्ने पनि प्रमुख ठगुनाले बताइन ।
त्यसैगरी, आर्थिक बर्ष २०८१/०८२ मा अन्य पालिकाहरुमा पनि एकिकृत स्क्रिनिङ (पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्या तथा अब्ष्टेट्रिक फिस्टुला) शिविर” सञ्चालनको तयारी भइरहेको पनि उनले बताइन ।
प्रतिक्रिया दिनुहोस्