२०८१ फाल्गुन २८

मनाङका दिल बहादुर गुरुङ जर्मनीको बर्लिनमा सम्मानित ।

काठमाण्डौँ, नेपाली जन सम्पर्क समिति जर्मनी तथा एनआरएनए जर्मनीका संस्थापक, एनआरएनए जर्मनीका प्रमुख निर्वाचन आयुक्त दिल बहादुर गुरुङ सम्मानित भएका छन् ।
जर्मनीको बर्लिनमा भएको एक कार्यक्रममा माननीय संस्कृति, पर्यटनमन्त्री बद्री पाण्डेले कदर पत्रसहित सम्मान गरेका छन् । विगत ४० वर्षदेखि जर्मनीमा बसेर नेपालको पर्यटन क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप जर्मनीको बर्लिनमा एक बिशेष कार्यक्रममा कदरपत्र ले सम्मान गरेको हो ।
उक्त समारोहमा माननीय मन्त्री बद्री पाण्डेज्यू, महामहिम राजदूत शैल रुपाखेतीज्यू , पर्यटन बिकास बोर्ड प्रमुख दीपक राज जोशी ज्यू लगायत विभिन्न देशका राजदूतज्यूहरू , एनआरएन जर्मनी का प्रतिनिधि, जन सम्पर्क समिति सहित  राजनीतिक सस्थाका प्रतिनिधि, तथा विशिष्ट ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सम्मान ग्रहण गर्दै दिलबहादुरले विदेशमा बसेर देश र जनताका लागि काम गर्दै आएको ४० बर्षपछि नेपाल सरकारले सम्मान गरेको छ । यो नै जिवनको ठूलो उपलब्ध हो । मलाई अझै देश र नेपाली जनताका लागि काम गर्ने हौसला मिलेको छ, उनले भने ।