२०८१ चैत्र ४

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै ।

काठमाण्डौँ,सघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालय जनाएको छ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै उनले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूचित छ ।