२०८१ चैत्र २९
एक महिनाभित्र दर्ता नभए फेसबुक,एक्स र इन्स्टाग्राम नेपालमा नचल्ने ।

काठमाण्डौँ, सरकारले सामाजिक सञ्जालहरूलाई नेपालमा एक हिनाभित्र दर्ता नभए रोक लगाउने चेतावनी दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न भन्दै बिहीबार तेस्रो पटक सूचना प्रकाशित गरेर दर्ता नभएम फेसबुक–इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालमा रोक लगाउने चेतावनी दिएको हो ।
तोकिएको समयभित्र सूचीरकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्जालनमा रोक लगाउन सक्ने व्यहोरा समेत जानकारी गराइन्छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्