२०८१ चैत्र २९

नेपाल पत्रकार महासंघले विभिन्न कार्यक्रम गर्ने ।

काठमाण्डौँ, नेपाल पत्रकार महासंघले यही चैत १६ गते केन्द्र, प्रदेश र शाखा समितिमा नसर्ने रोग तथा महिलाको पाठेघरको मुखको स्क्रिनिङ सञ्चालन गर्ने भएको छ ।
महासङ्घ अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा मङ्गलबार बसेको पदाधिकारी बैठकले ७० औ स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम सहित स्वास्थ्य तथा जनसख्या मन्त्रालयसँगको सहकार्यमा नसर्ने रोग तथा महिलाको पाठेघरको मुखको स्क्रिनिङ सञ्चालन गर्ने भएको निर्णय गरेको छ ।
स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य तथा जनसख्यामन्त्री प्रदीप पौडेलबाट प्रतिबद्धता प्राप्त भएबमोजिम केन्द्रीय कार्यालयमा मन्त्रालयसँग र उपत्यकाबाहिरका जिल्ला शाखामा सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा आवश्यक प्रबन्ध मिलाइएको महासघका महासचिव रामप्रसाद दाहालले बताए ।