२०८२ बैशाख ५

मनाङमा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु ।

मनाङ, विशवको अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल अवलोकन गरी फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ ।
मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ थोरोज खोला भन्ने स्थानमा उनको मृत्यु भएको प्रारम्भीक अनुसान्धानबाट खुल्न आएको जिल्ला प्रशासन कार्यालय मनाङलका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए ।
दिवङ्गत पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन गरी हाल खाङसार स्वास्थ्य चौकीमा राखिएको छ । मृतक विदेशी नागरीक भएकाले पोष्टमार्टम र अन्य प्रक्रियाका लागि आजै हेलिकप्टरबाट काठमाण्डौँ पठाउने तयारी भइरहेको पनि उनले बताए ।