२०८२ बैशाख ५

काठमाण्डौँमा बिहानैदेखि वर्षा, शनिबारसम्म बर्षा हुने ।

काठमाण्डौँ, न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण काठमाण्डौँ उपत्यका सहित देशका केही भूभागमा आज बिहानैबाट मेध गर्जन र चट्याङसहित बर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौँका धेरै स्थानमा वर्षा भइरहेको छ । यो क्रम अझै केही समय रहन छ र केही समयपछि रहने छ । मध्याह्नपछि काठमाण्डौँमा पुनः वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ । दिउँसोभन्दा राति ठूलो वर्षाको सम्भावना छ । राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं भोलि पनि वर्षा हुनेछ तर आजभन्दा कम त्यसैगरी शनिबार पनि काठमाडौंमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।