२०८२ बैशाख ६

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख १७ गते बस्ने ।

काठमाण्डौँ, नेपाली काँग्रेसले वैशाख १७ गते दिनको १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
पछिल्लो राजनीतिक अवस्था, सरकारको समीक्षा, दिइएको समयमा पनि महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको विषयमा निर्णय लगायतका एजेन्डा माथि बैठकमा छलफल हुने बताइएको छ ।
नेकपा एमालेसँग सत्तागठबन्धन गरेको नेपाली काँग्रेस भित्रै पछिल्लो समय सरकारको प्रभावकारिताको विषयमा गुनासो बढ्न थालेको छ । नेपाली काँग्रेसका शीर्ष नेताहरूले नै प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीहरूको कार्यशैलीको आलोचना गरिरहेका छन् ।


ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका रहनेछ पनि जनाइएको छ ।