आजदेखि वाग्मती प्रदेशमा एचपीभी खोपको दोस्रो डोज दिइँदै ।
काठमाण्डौँ आजदेखि वाग्मती प्रदेशका जिल्लाहरूमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी)को दोस्रो डोज दिइँदै छ ।
गएको भदौमा डेमोस्ट्रेसन कार्यक्रमको रूपमा सुरु गरिएको ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्धको खोपको दोस्रो डोज ६ महिनापछि दिन लागिएको हो । जसअन्तर्गत १४ वर्ष पूरा भई १५ ननाघेका बालिकालाई काठमाडौंको थापाथलीस्थित परोपकरा प्रसूति तथा स्त्रीरोग अस्पतालबाट दिइनेछ । सबै प्रदेशका प्रदेशस्तरीय अस्पतालबाट यो खोप दिइँदै छ ।
एचपीभी एक प्रकारको जीवाणु हो । विभिन्न देशहरूमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व एचपीभी हो । पाठेघरको मुखको क्यान्सरमध्ये ९५ प्रतिशत एचपीभीले गराउँछ ।
एचपीभीका जीवाणुका २०० बढी प्रजाति हुन्छन् । तीमध्ये १६ र १८ प्रजाति क्यान्सरका प्रमुख कारक मानिन्छ । एचपीभीविरुद्धको खोपले यीनै जीवाणुविरुद्ध काम गर्ने र यस खोपको प्रभावकारिता ९५ प्रतिशतभन्दा बढी रहने परिवार कल्याण महाशाखाको खोपशाखा प्रमुख डा. अभियान गौतमले बताए ।
नेपालमा अहिले दिन लागिएको एचपीभी खोप चीनमा उत्पादित सिकोलिन कम्पनीको हो ।
-
१
तमू सञ्चारकर्मी संघद्वारा देशसञ्चारका फोटो पत्रकार बर्षा शाह सम्मानीत ।
-
२
आज सातै प्रदेशमा वर्षाको सम्भावना, काठमाण्डौँमा साँझपख न्यून बर्षाको सम्भावना ।
-
३
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन ।
-
४
आजदेखि नेपालमा हिउँदे वर्षा सुरु हुँदै, काठमाण्डौँ र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना ।
प्रतिक्रिया दिनुहोस्