म्यानमारमा विस्थापितहरूको संख्या ३० लाख : राष्ट्रसंघ
काठमाण्डौँ, म्यानमारमा विस्थापित व्यक्तिहरूको संख्या ३० लाख पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । विस्थापितमध्ये अधिकांश सन् २०२१ म भएको सेनाको विद्रोहबाट सुरू भएको द्वन्द्वका कारण आफ्नो घर छोड्न बाध्य भएका छन् । लोकतन्त्रको अल्पकालीन प्रयोगपछि आङ सान सु कीको सरकारलाई पतन गराउने विद्रोहपछि करिब २७ लाख पलायन भएका छन् ।
सैन्य विद्रोहले स्थापित जातीय सशस्त्र समूहहरूसँग नयाँ झडप सुरू ग¥यो र दर्जनौँ ‘पिपुल्स डिफेन्स फोर्सेस’ बललाई जन्मायो । तिनीहरूलाई दबाउन सेना असफल भएको छ । मानमारमा सन् २०२४ मा गहिरो मानवीय संकटको मुखमा छ”, राष्ट्रसंघीय आवासीय संयोजकले सोमबार जारी गरेको विज्ञप्तिमा बताएको छ ।
विज्ञप्तिमा विस्थापितमध्ये एक तिहाइ बालबालिका रहेको अनुमान गरिएको छ । गत वर्षको अन्त्यदेखि जातीय सशस्त्र समूहहरूको गठबन्धनले उत्तरी शान राज्यमा आक्रमण सुरु गरेपछि तीस लाखमध्ये करिब आधा विस्थापित भएको विज्ञप्तिमा उल्लेख छ । आक्रामक कारबाहीले र चीन सीमानाका धेरै क्षेत्र र लाभदायक व्यापार क्रसिङलाई कब्जा गरेको छ । यसले सत्ता कब्जा गरेपछि जुन्ताका लागि सबैभन्दा ठूलो खतरा सिर्जना गरेको छ ।
म्यानमारको सीमावर्ती क्षेत्रमा जातीय सशस्त्र समूहहरूको बाहुल्य छ । तीमध्ये धेरैले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि स्वायत्तता र आकर्षक स्रोतहरूको नियन्त्रणलाई लिएर सेनासँग लडिरहेका छन् ।
संयुक्त राष्ट्रसंघले विशेषगरी अराकान आर्मी र सेनाबीचको द्वन्द्वका कारण नोभेम्बरदेखि चर्चामा आएको पश्चिमी रखाइन राज्यमा हाल तीन लाख ५५ हजारभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्