प्रधानमन्त्री दाहाललाई काँग्रेस सभापति देउवाको चेतावनी ।
काठमाण्डौँ, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी पीडितको समस्या उपर गम्भीर भई उचित कदम नचालेमा धेरै अप्रिय घटना हुने चेतावनी दिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान बसेको पदाधिकारी बैठकले सहकारीमा गरेको बचत फिर्ता नहुने अवस्था भयो भने धेरै परिवारमा अप्रिय घटनाहरु हुने अवस्थामा बन्दै जाने निष्कर्ष निकालेको महामन्त्री गगन थापाले बताए ।
‘हामीले सहकारी र करौडौंको ठगी भनेका छौं, सहकारी पीडितहरु अहिले हाम्रो बचत फिर्ता हुन्छ कि हुँदैन भनेर कुरेर बसिरहेका छन् । पहिलादेखि नै आउने भेट्ने त गर्नुहुन्थ्यो तर, यो बिषय उठाइसकेपछि कम्तिमा १२÷१५ जनाले सम्पर्क गरिराख्नु भएको छ र तुरुन्त बचत फिर्ता नहुने अवस्था भयो भने परिवार परिवारमा अप्रिय घटनाहरु हुने अवस्थामा बन्दै जाने देखिएको छ । कुनैपनि बेला धैर्यताको बाँध फुट्नसक्छ, त्यसैले मैले प्रधानमन्त्रीलाई अनुरोध पनि गराएको, सचेत र सजग पनि बराएको उनले भने ।
सहकारीको रकम अपचलन गरेको बिषयमा प्रधानमन्त्रीले गम्भिर भएर बचत फिर्ता गराउने प्रारम्भ गराउनुभएन भने वा फिर्ता हुने आश्वस्त बनाउन नसके थुप्रै अप्रिय घटना आउनसक्ने चेतावनी दिए ।
-
१
तमू सञ्चारकर्मी संघद्वारा देशसञ्चारका फोटो पत्रकार बर्षा शाह सम्मानीत ।
-
२
आज सातै प्रदेशमा वर्षाको सम्भावना, काठमाण्डौँमा साँझपख न्यून बर्षाको सम्भावना ।
-
३
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन ।
-
४
आजदेखि नेपालमा हिउँदे वर्षा सुरु हुँदै, काठमाण्डौँ र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना ।
प्रतिक्रिया दिनुहोस्