शीर्ष नेताको बैठक बस्दै, संसदीय छानबिन समितिको कार्यादेशले पूर्णता पाउने ।
काठमाण्डौँ, सहकारीको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन आज शीर्ष नेताको बैठक बस्ने भएको छ ।
आइतबार बिहान ९ बजे बस्ने तय भएको बैठक आजलाई सारिएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको बैठकबाटै समितिको कार्यादेश बनाउने जिम्मा पाएको समितिमा भएको सहमति र विमतिको विषयलाई टुङ्ग्याउने गरी बैठक बस्ने लागेको हो ।
यसअघि शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको छ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले पनि शीर्ष नेतासँग बसेर कार्यादेश टुङ्ग्याउने समझदारी भएको बताए ।
सहकारीको रकम अपचलन, हिनामिना, दुरुपयोग भएको विषयमा सहकारीबाट अपचलन भएको र व्यक्तिले अपचलन गरेको भनेर लेख्नुपर्ने काँग्रेसले अडान राखेको छ । सहमहामन्त्री जीवन परियारले व्यक्तिको नाम नतोके पनि प्रश्न उठेका पदाधिकारीको पद तोक्नुपर्ने बताए । उनले सहकारीको नाम, अपचलन भएको कम्पनी र अपचलन गर्नेको पद उल्लेख गर्नुपर्ने बताए ।
कांग्रेसले गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने सहकारीको नाम तोक्ने तथा नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेपछि र सत्ता पक्षले नाम राख्न नहुने अडान लिएपछि संसदीय छानबिन समिति गठन प्रक्रियाले पूर्णता पाउन सकेको छैन ।
-
१
तमू सञ्चारकर्मी संघद्वारा देशसञ्चारका फोटो पत्रकार बर्षा शाह सम्मानीत ।
-
२
आज सातै प्रदेशमा वर्षाको सम्भावना, काठमाण्डौँमा साँझपख न्यून बर्षाको सम्भावना ।
-
३
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन ।
-
४
आजदेखि नेपालमा हिउँदे वर्षा सुरु हुँदै, काठमाण्डौँ र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना ।
प्रतिक्रिया दिनुहोस्