२०८१ माघ २३
१४ हजा। ४ सय उखु किसानले पाए भुक्तानी ।
महोत्तरी, महोत्तरीको रामनगरस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन् ।
एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको बताए । चालु आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको उनले बताए ।
समयमै भुक्तानी पाएपछि उत्साहित उखु किसानले थप जमिनमा उखु रोप्ने बताएका छन् । मिलले चालु आर्थिक वर्षमा महोत्तरी, धनुषा, सर्लाही र रौतहटका १४ हजार चार सय ४४ जना किसानबाट २९ लाख चार हजार पाँच सय ११ क्विन्टल उखु खरिद गरेर कूल दुई लाख ६४ हजार चार सय ९१ क्विन्टल चिनी उत्पादन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्