२०८१ पुष १९

सैनिक अदालतले कर्णेल मल्लमाथि कारबाही गर्यो ।

काठमाण्डौँ, सैनिक अदालतले नेपाली सेनाका महासेनानी (कर्णेल) दिरेन्द्रकुमार मल्लमाथि कारबाही गरेको छ ।
कर्णेल मल्ललाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक सेवाबाट हटाउने निर्णय सैनिक अदालतले गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए ।
कर्णेल मल्लको नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति फरक परेको छ । यसैबारे अनुसन्धान हुँदा उनी दोषी ठहर भएका कारण सैनिक अदालतले कारबाही गरेको प्रवक्ता केसीले बताए ।
मल्ल पछिल्लो समय न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका थिए । उनको बढुवाको प्रक्रिया हुँदा पेस गरिएका कागजातमा कैफियत देखिएपछि उनलाई न्युयोर्कबाट नेपाल बोलाइएको थियो ।
काठमाडौं आएलगत्तै मल्ललाई गत जेठ २० गते पक्राउ गरी सैनिक हिरासतमा राखिएको थियो । उनको चार महिनाअघि मात्र न्यूयोर्कमा पोष्टिङ भएको थियो ।