काँग्रेस सांसदहरूलाई संसदीय दलको निर्देशन, बजेट पारित नहुँदासम्म सदनमा अनिवार्य उपस्थित हुनू ।
काठमाण्डौँ, नेपाली काँग्रेसले सांसदहरूलाई बजेट पारित नहुँदासम्म अनिवार्य उस्थिति हुन सांसदलाई निर्देशन दिएको छ ।
शुक्रबार अपराहन्न बसेको संसदीय दलको बैठकले सांसदहरूलाई बैठकमा उपस्थित हुन निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले बताए ।
संघीय संसदमा नेपाली काँग्रेस प्रमुख प्रतिपक्षमा रहेकाले संसदमा जनताका आवाज घनिभूत रुपमा मुखरित गर्नुपर्ने हुँदा त्यसका लागि संसदका बैठकहरुमा उपस्थिति अनिवार्य हुन्छ । हाल संघीय संसदका वैठकहरुमा माननीय सदस्यहरुको उपस्थिति न्यून हुने गरेको छ । यो बैठक संसदीय दलका सबै सदस्यलाई संसदका आगामी बैठकहरुमा अनिवार्य उपस्थित भई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गरेको प्रमुख सचेतक लेखकले बताए ।
प्रतिनिधि सभाको आगामी बैठकमा आ.ब २०८१÷०८२ को विनियोजन विधेयक (बजेट) निर्णायार्थ प्रस्तुत हुने भएको हुँदा असार ९ गते देखि विनियोजन विधेयक (बजेट) निर्णायार्थ प्रस्तुत हुँदासम्मका सबै बैठकहरुमा अनिवार्य उपस्थित हुन र निर्देशन (व्हिप) गरेको प्रमुख सचेतक लेखकले बताए ।
-
१
तमू सञ्चारकर्मी संघद्वारा देशसञ्चारका फोटो पत्रकार बर्षा शाह सम्मानीत ।
-
२
आज सातै प्रदेशमा वर्षाको सम्भावना, काठमाण्डौँमा साँझपख न्यून बर्षाको सम्भावना ।
-
३
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन ।
-
४
आजदेखि नेपालमा हिउँदे वर्षा सुरु हुँदै, काठमाण्डौँ र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना ।
प्रतिक्रिया दिनुहोस्