प्रधानमन्त्रीलाई राजीनामा दिन नेपाली काँग्रेसको आग्रह ।
काठमाण्डौँ, नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ ।
आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो ।
बैठकपछि नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए । त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने बताए । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्गप्रशस्त गर्न पनि काँग्रेसले आग्रह गरेको छ ।
उता, नेकपा एमालेले पनि (आज) बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ ।
मंगलबार बसेको सचिवालय बैठकले एमाले र काँग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न आजसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आह्वान गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्