२०८१ पुष १२

मनाङमा बाढीले बगाएको तिमाङ र स्याक्र्यु खोलाको पुल छिट्टै सुचारु गरिने

चामे, ३ साउन/ मनाङमा बाढीले बगाएको तिमाङ र स्याक्र्यु खोलाको पुल पुनर्निर्माण गरी छिट्टै सुचारु गरिने भएको छ । बाढीले पुल बगाएर अवरुद्ध रहेको उक्त पुल प्रतिनिधि सभा सदस्य पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेक बहादुर गुरुङको पहलमा पुनर्निर्माण गरी सञ्चालन गर्न लागिएको हो ।
यस वर्षको मनसुन देशब्यापी रुपमा सक्रीय नहुदै भएको भारी वर्षाका कारण बाढीले असारको तेश्रो साता बगाएको चामे गाउँपालिका वडा नं. १ स्थिति बेशिसहर चामे सडकअन्तर्गत तिमाङ र स्याक्र्यु खोलाको पुल पुनर्निर्माण गरी छिट्टै सञ्चालनमा ल्याउन लागिएको सांसद गुरुङले जानकारी दिएका छन् । बाढीले तिमाङ र स्याक्र्यु खोलाको पुल बगाएपछि उपभोक्ताहरुले सवारी साधन बदलेर यात्रा गर्नुपर्ने बाध्यता रहेकोमा अब त्यो समस्या समाधानका लागि आफूले पहल थालेको सांसद गुरुङले बताए ।
अवरुद्ध सडक जतिसक्दो छिटो सूचारु गर्न आफूले पहल थालेको विषयमा जानकारी दिदै सांसद टेकबहादुर गुरुङलले भनेका छन्, ‘असारको तेश्रो सातामा अविरल वर्षापछि आएको बाढीले तिमाङ खोला र नजिकैको अर्को स्यार्कु खोलामा रहेको पुल बगाएर मनाङका सडक उपभोक्ताहरुले यातायात आवागमनमा निकै ठूलो कठिनाइ भोग्दै आएका छन् । वर्षा याम अझै जारी छ । अस्थायी रुपमा भए पनि याहाँको पुल पुनर्निर्माण गरी सडक सूचारु गर्न हामी सम्बद्ध सबै पक्षसँग सहकार्य गरेर आवश्यक श्रोत र साधनको व्यवस्था गरी पुल सूचारु गर्ने तयारी गरिरहेका छौं ।’
पुल बगाउँदा लमजुङको बेशिसहर र मनाङको चामे जोड्ने सडकखण्ड अवरुद्ध हुँदा माथिल्लो मनाङको ३ वटा स्थानीय तहका सडक सञ्जाल प्रभावित बन्न पुगेको छ । एउटा पक्की पुल र एउटा काठेपुल प्रयोगमा रहेको उक्त सडकमा वर्षायाममा हरेक वर्ष यस किसिमको समस्या रहदै आएको छ । यसअघि २०७८ मा आएको बाढीले सदरमुकाम चामे, तालगाउँ, धारापानीलगायतका क्षेत्रमा ठूलो क्षति पुग्दै आएको मनाङकै मस्र्याङ्दीमा पहिरो खसेर नदी थुनिँदा चामे र ताल बजार डुबानमा परेको थियो ।