२०८१ पुष १२

मिलारेपा केभ जाने रेलिङ निर्माण कार्य अन्तीम चरणमा

चामे, १० श्रावण । मनाङ जिल्ला स्थित मिलारेपा केभ जाने रेलिङ निर्माण कार्य अन्तीम चरणमा पुगेको छ । मनाङ–ङिस्याङ गाउँपालिका वडा नं ५ भ्राका स्थित मिलारेपा केभ जाने बाटोमा पैदल यात्रीहरुको सुरक्षीत यात्राको लागीे रेलिङ निर्माण कार्य अन्तीम चरणमा पुगेको हो ।
मनाङ जिल्लाका प्रतिनिधि सभा सदस्य एवं पुर्व श्रम तथा रोजगार राज्यमन्त्री माननीय टेक बहादुर गुरुङको विषेश पहलमा आ.ब. २०८०/८१ मा उक्त रेलिङ निमार्णको लागी बजेट विनियोजन भएको सांसद गुरुङका स्वकीय सचिव सोनम लामाले जानकारी दिएका छन् । लामाका अनुसार उक्त रेलिङ निमार्ण कार्य अन्तिम चरणमा पुगिसकेको छ । पर्यटक तथा बौद्ध धर्मावलम्वीहरुको सुरक्षीत यात्राको लागी संसद गुरुङले उक्त मिलारेपा गुम्वामा जाने बाटोको रेलिङ तथा सडक निमार्णको लागी पहिले देखि नै पहल गर्दै अएका थिए । संसद गुरुङ र प्रदेश सभा सदस्य तथा गण्डकी प्रदेशका भौतिक मन्त्री राजीव गुरुङको पहलमा मिलारेपा केभ जाने सडक तथा पुल निर्माण कार्य भई रहेको पनि स्वकीय सचिव लामाले जनाएका छन् ।
नव निर्मित उक्त रेलिङले मिलरेपा केभ जाने बाटो अहिले आकर्षक देखिएको छ भने रेलिङ निर्माण कार्य सम्पन्न लगतै धेरै पर्यटकहरु मिलारेपा केभ जाने पर्यटकहरुको संख्यामा पनि बृद्धि हुने स्थानीयले जनाएका छन् ।