२०८१ माघ ८

लेबनन मिसनमा कार्यरत नेपाली सेना सुरक्षीत छ : नेपाली सेना

काठमाण्डौँ, लेबनन मिसनमा कार्यरत नेपाली सेना सुरक्षीत रहेको नेपाली सेनाले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय शान्ती सेनाको लेबननमा कार्यरत ८५० भन्दा माथीको संख्यामा रहेका सबै नेपाली सेना सकुशल शान्ति स्थापनार्थ कार्य गरीरहेको नेपाली सेनाका प्रवक्ता गौरव कुमार केसीले बताए ।
कुनैपनि देशको सेना शान्ति स्थापना कार्यमा संलग्न भइजाँदा, बन्दोबस्तीका सामान र जनशक्ती मात्र सम्बन्धीत देशले संयुक्त राष्ट्रसंघीय मापदण्ड अनुसार उपलब्ध गर्नुपर्ने हुन्छ । बाँकी आवास, भोजन, परिचाल, शान्ती सुरक्षा सबै सम्बन्धित देशमा तैनाथ संयुक्त राष्ट्रसंघीय कार्यलयले संयुक्त राष्ट्रसंघीय मुख्यालयको निर्देशमा नै गर्ने गर्दछ । त्यसैले त्यहाँको अवस्था अनुसार स्थान्तरण गर्ने, जनशक्ती थपघट आदि मिसन कार्यालयले नै गर्ने गर्दछ । सम्बन्धी देशलाई केलव जानकारी मात्र दिने प्रवक्ता केसीले जानकारी दिए ।
हाल मध्यपूर्वका देशहरु लेबनन, सिरीया, सुडान, दक्षिणी सुडान आदि देशमा शान्ती स्थापनार्थ नेपाली सेना तैनाथ रहेका छन् । तर, ती देशमा रहेका कार्यलय र संयुक्त राष्ट्रसंघीय कार्यलयबाट त्यसबारे कुनै जानकारी नआएको र सम्बन्धीत देशमा रहेको नेपाली सेनाको कार्यलयबाट पनि हालसम्म सुरक्षा चुनौती सम्बन्धमा कुनै जानकारी नआएको पनि प्रवक्ता केसीले बताए ।
विश्वका विभिन्न अशान्त देशहरुमा शान्ति स्थापनार्थ ठूलो संख्यामा नेपाली सेना परिचालित भएका छन् । ती सबै देशमा रहेको नेपाली सेनाको कार्यालले दैनीक गतिविधि र अवस्थाबारे नेपाली सेनाको मुख्यालय, भद्रकालीमा विवरण पठाउने गर्दछ ।