बंगलादेशमा मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन ।
काठमाण्डौँ, बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।
युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् । उनले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा विद्यार्थी आन्दोलनका दुई नेता नासिद इस्लाम र आसिफ महमूद पनि छन् । मन्त्रिपरिषद्मा पूर्व ब्रिगेडियर जनरल एम सखावत हुसेन पनि छन् ।
विद्यार्थी नेताहरुको प्रस्ताव अनुसार अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएका युनुस बिहीबार मात्र ढाका पुगेका थिए ।
सरकारी कोटा प्रणली विरुद्ध विद्यार्थीहरुले थालेको आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले २१ गते राजीनामा दिएर देश छोडकी थिइन् । त्यस लगतै सेनाले पत्रकार सम्मेलन गरेर अन्तरिम सरकार गठन गरी देशलाई राजनीतिक निकाश दिने बताएका थिए ।
विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा सरकार स्वीकार नगर्ने बताउँदै युनुसको नाम अगाडि सारेर संसद भंग गर्न माग गरेका थिए ।
राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सर्वपक्षीय छलफल गरेर विद्यार्थीहरुको मागअनुसार संसद भंग गर्नुका साथै नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकार बनाउने घोषणा गरेको थियो ।
-
१
तमू सञ्चारकर्मी संघद्वारा देशसञ्चारका फोटो पत्रकार बर्षा शाह सम्मानीत ।
-
२
आज सातै प्रदेशमा वर्षाको सम्भावना, काठमाण्डौँमा साँझपख न्यून बर्षाको सम्भावना ।
-
३
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन ।
-
४
आजदेखि नेपालमा हिउँदे वर्षा सुरु हुँदै, काठमाण्डौँ र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना ।
प्रतिक्रिया दिनुहोस्