२०८१ माघ २

आज वाग्मतीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना ।

काठमाण्डौँ,आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेकाले कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विवभागले जनाएको छ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
आज राती कोसी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपासमा रहेकाले देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको विभागले जनाएको छ ।