२०८१ पुष ७

गणेश बस्नेत विरुद्ध साइबर अपराधको कसुरमा उजुरी, प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढायो ।

काठमाण्डौँ, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत विरुद्ध साइबर अपराधको कसुरमा उजुरी परेपछि प्रहरीको केन्द्रीय साइबर ब्यूराले अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।
बस्नेत विरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उजुरी परेको हो । साइबर अपराधबारे उजुरी परेपछि उनीमाथि अनुसन्धानको प्रक्रिया प्रहरीले अघि बढाएको जनाएको छ ।
ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले अध्यक्ष बस्नेत विरुद्ध निवेदन परेकाले केही बुझ्न खोजेको बताए । ‘उहाँविरुद्ध उजुरी परेकाले बुझ्न खोजेका हौं । यसबारे उहाँलाई जानकारी समेत गराइएको छ । फोनमा सम्पर्क गर्दा उहाँले  आउँछु भन्नुभएको छ’ अवस्थीले भने ।
अनुसन्धानकै क्रममा रहेकाले कसले के उजुरी हाल्यो भन्ने विषय सार्वजनिक गर्न नमिल्ने अवस्थीको भनाइ छ । उनले बस्नेतलाई पक्राउ गर्ने तयारी नभएको तर केही बुझ्न मात्रै खोजिएको दाबी गरे ।