आज (शुक्रबार) र भोली (शनिबार) रात्रिबस नचलाउन आग्रह

काठमाण्डौँ, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेको जनाएको छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा आज र भोली अर्थात् असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन प्राधिकरणले आग्रह गरेको हो ।
मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णय अनुसार रातिको समयमा यात्रा गर्दा पहिरो वा बाढीको आंकलन गर्न गर्न कठिन हुने भएकाले हिमाली तथा पहाडी जिल्लाहरूमा असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन भनिएको छ ।
साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह समेत गरेको छ ।
यसैगरी, पहिरोको जोखिम भएका स्थानमा र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन । दाउन निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि प्राधिकरणले भनेको छ
प्रतिक्रिया दिनुहोस्