जम्मू कश्मीरमा राष्ट्रपति शासन हटाउने आदेश जारी, ओमर अब्दुल्लाले आज मुख्यमन्त्रीको शपथ लिने ।
काठमाण्डौँ, भारतको जम्मू कश्मीरमा नयाँ सरकार गठन हुनुअघि राष्ट्रपति शासन हटाउने आदेश जारी भएको छ ।
राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ मुख्यमन्त्रीको शपथ लिनुअघि नै राष्ट्रपति शासन अन्त्य गर्ने आदेश जारी गरेको गृह मन्त्रालयले जनाएको हो।
जम्मू कश्मीरमा अन्तिम विधानसभा चुनाव १० वर्षअघि सन् २०१४ मा भएको थियो । चुनावपछि बीजेपी–पीडीपीले गठबन्धन सरकार बनायो ।
तर २०१८ मा, भाजपाले समर्थन फिर्ता लिएपछि सरकार ढल्यो र महबूबा मुफ्तीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिइन् । त्यसयता जम्मू कश्मीरमा राष्ट्रपति शासन लागू भएको थियो ।
अब नेशनल कन्फ्रेन्सका उपाध्यक्ष ओमर अब्दुल्लाले आज मुख्यमन्त्रीको शपथ लिने छन् । विधानसभा चुनावमा पार्टीले ४२ सिट जितेको थियो भने सहयोगी भारतीय कांग्रेसले ६ सिट र माकपाले एक सिट जितेको थियो । नतिजापछि नेशनल कन्फ्रेन्स प्रमुख फारुक अब्दुल्लाले ओमर मुख्यमन्त्री हुने बताएका थिए ।
अक्टोबर १० गते बसेको बैठकले उनलाई व्यवस्थापिका–संसदको नेता चयन गरेको हो । यसपछि, ओमर ११ अक्टोबरको साँझ श्रीनगरको राजभवन गए र एलजी मनोज सिन्हालाई भेटेर जम्मू कश्मीरमा इन्डिया ब्लक सरकार गठन गर्ने दाबी गरेका थिए ।
-
१
तमू सञ्चारकर्मी संघद्वारा देशसञ्चारका फोटो पत्रकार बर्षा शाह सम्मानीत ।
-
२
आज सातै प्रदेशमा वर्षाको सम्भावना, काठमाण्डौँमा साँझपख न्यून बर्षाको सम्भावना ।
-
३
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन ।
-
४
आजदेखि नेपालमा हिउँदे वर्षा सुरु हुँदै, काठमाण्डौँ र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना ।
प्रतिक्रिया दिनुहोस्