काठमाण्डौँ सहित देशभर चिसो बढ्दै, साँझ र बिहान निकै चिसो हुन थाल्यो
काठमाण्डौँ, देशका अधिकांश भागबाट मनसुन बाहिरीएसंगै चिसो बढ्दै गएको छ ।
असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो हुन थालेको छ ।
काठमाण्डौँ उपत्यकामा पछिल्लो एकसाता यता चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यही असोज १५ गते काठमाण्डौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री कायम छ । ‘काठमाण्डौँको तापक्रम पछिल्लो १५ दिनमा विस्तारै घट्दै गइरहेको छ ।
आइतबार काठमाडौंको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सियस र सोमबार १६ डिग्रिसेल्सियस थियो । दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको महाशाखाको भनाई छ ।
लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्