आज नेपालले माल्दीभ्ससंग खेल्दै,सावित्रा भण्डारी (साम्बा) मैदान उत्रिने सम्भावना ।
काठमाण्डौँ, साफ महिला च्याम्पियनसिप–२०२४ को आफ्नो दोस्रो खेलमा आज नेपालले माल्दीभ्ससंग खेल्दै छ ।
प्रतियोगिताको उपविजेता रहेको नेपाल यसअघि प्रतियोगिताको पहिलो खेलमा भुटानसँग गोलरहीत बराबरीमा रोकिएको थियो । आज घरेलु समर्थकमाझ नेपाललाई माल्दिभ्सले चुनौती प्रस्तुत गर्दै छ ।
आजको खेलमा नेपाली टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) मैदान उत्रिने सम्भावना रहेको प्रशिक्षक राजेन्द्र तामाङले बताए । सावित्रा फ्रान्सेली महिला लिगको क्लबमा आवद्ध रहेका कारण उनले साफ च्याम्पियनसिपको पहिलो खेल गुमाएकी थिइन् । सावित्रा आइतबार राति नेपाल आइपुगेकी हुन् । उनलाई आरामका लागि पर्याप्त समय रहे पनि आजको खेलमा मैदान उत्रिने वा नउत्रिने भन्ने निर्णय भने सावित्राले नै गर्ने प्रशिक्षक तामाङले बताए ।
त्रिपुरेश्वसरस्थित दशरथ रंगशालामा हुने यो खेल अपराह्न ५ः३० बजे सुरु हुनेछ । त्यसअघि आजैको पहिलो खेलमा भुटान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा नै हुने यो खेल दिउँसो १ः३० बजेदेखि सुरु हुनेछ ।
प्रतियोगिताको यस संस्करणमा दक्षिण एसियाका सातवटै टिमको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश छन् । समूह ‘बी’ मा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंका छन् ।
-
१
तमू सञ्चारकर्मी संघद्वारा देशसञ्चारका फोटो पत्रकार बर्षा शाह सम्मानीत ।
-
२
आज सातै प्रदेशमा वर्षाको सम्भावना, काठमाण्डौँमा साँझपख न्यून बर्षाको सम्भावना ।
-
३
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन ।
-
४
आजदेखि नेपालमा हिउँदे वर्षा सुरु हुँदै, काठमाण्डौँ र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना ।
प्रतिक्रिया दिनुहोस्