२०८१ पुष ११

दोस्रो गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताको आज अन्तिम खेलहरु हुने ।

  • चामे, दोस्रो गाउँपालिका स्तरीय पुरुष रनिङ कप र महिला फुटबल प्रतियोगिताको आज अन्तिम (फाइनल) हुने एन्फा मनाङले जनाएको छ ।
    “हिमालको काखमा खेल , चार गाउँ पालिकाको मेल” भन्ने नाराका साथ पालिका स्तरीय रनिङ कप पुरूष समुहको फाइनल खल नासोँ वनाम चामे गाउँपालिकाबिच मध्यान १२ः३० बजे हुने छ भने महिला तर्फको खेल बिहान ११ बजे नासोँ वनाम चामे गाउँपालिकाबिच संचालन हुने एन्फा मनाङका अध्यक्ष यज्ञ घलेले बताए ।
    प्रतियोगितामा मनाङ जिल्लाका चार गाउँपालिका नासोंङ, चामे, निस्याङ र नार्पाभूमी रहेको थियो । प्रतियोगितामा पुरुष तर्फ पहिलो हुने समूहले नगद २,००००० रुपैयाँ, ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र, दोस्रो हुने समूहले नगद १,००००० रुपैयाँ र ट्रफी, रजत पदक र प्रमाणपत्र पाउने छ । त्यसैगरी, महिला समूह तर्फ पहिलो हुने समूहले नगद ५०,००० रुपैयाँ र ट्रफी, स्वर्णपदक र प्रमाणपत्र दोस्रो हुने समूहले नगद २५,००० रुपैयाँ, ट्रफी र रजत पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यसैगरी, प्रतियोगिताभर अनुशासित भई असल खेल प्रर्दशन गर्ने समुहलाई नगद १० हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्रदान गरिने एन्फा अध्यक्ष घलेले बताए ।
    प्रतियोगिताका सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोल कतालाई नगद ५,००० रुपौयाँ, पदक र प्रमाणपत्र सहित सम्मान गरिने पनि अध्यक्ष घलेले बताए ।
    मनाङको तिमाङ खेल मैदानमा भइरहेको दोस्रो गाउँपालिका स्तरीय पुरुष रनिङ कप र महिला फुटबल प्रतियोगिताको आज अन्तिम (फाइनल) खेलको प्रमुख अतिथि गण्डकी प्रदेश सांसद मुविन्द्रजङ्ग गुरुङले विजयी टिमलाई पुरस्कार वितरण गर्ने छन् ।