२०८१ पुष ११

आजदेखि कतार एयरवेजले भैरहवा विमानस्थलमा दैनिक भर्ने ।

काठमाण्डौँ, आजदेखि कतार एयरवेजले दोहाबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ ।
कतार एयवेजले दैनिक एक उडान दोहा–भैरहवा–काठमाडौं रुटमा गर्ने गरी अनुमति लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका बताए।
दोहाबाट २ः४५ बजे आउने जहाज त्यसपछि काठमाडौं प्रस्थान गर्नेछ । कतारले काठमाडौंबाट दैनिक ३ उडानको अनुमति पाएको छ ।
भैरहवामा उडान भर्र्नेे कतार एयरवेज पाँचौ कम्पनी बनेको छ । यसअघि नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा र थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन् ।
कतार एयरवेजले दैनिक दुई उडान काठमाण्डौँ र एउटा भैरहवाबाट गर्नेछ । विमानस्थल मर्मत सुरु हुनुअघि कतारले काठमाण्डौंमा दैनिक चार उडान भर्दै आएको थियो ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्नु ठूलो उपलब्धि भएको बताए ।
‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनु भनेको आफैंमा नेपालको इन्टरनेशनल एयरपोर्टलाई अन्तर्राष्ट्रिय एरोनोटिकल समुदाय इन्टरनेसनल एरोनोटिक कम्युनिटीले रिकनाइज गर्नु हो । ‘यसले भविष्यमा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन हुने वातावरण सिर्जना भएको सूचना अधिकारी भूलले बताए ।