स्पेनले अवैध आप्रवासीहरूलाई वैध बनाउने, नेपालीद्वारा स्वागत ।
काठमाण्डौँ, स्पेन सरकारले आप्रवासी नीति खुकुलो बनाउने नियमावलीलाई अनुमोदन गरेको छ । मंगलबार आप्रवासन सम्बन्धी मन्त्री एल्मा साइजले पत्रकार सम्मेलन गर्दै सरकारले नयाँ नीति अनुमोदन गरेको जानकारी दिएकी हुन् ।
स्पेन सरकारले आप्रवासन सम्बन्धी नीति अनुमोदन गरेको हो । जसअनुसार स्पेनले आगामी तीन वर्षसम्म प्रतिवर्ष करिब तीन लाख अवैध आप्रवासीहरूलाई वैध बनाउने तयारी थालेको छ ।
सामाजिक सुरक्षा प्रणालीलाई कायम राख्न स्पेनलाई वार्षिक करिब २ लाख ५० हजारदेखि तीन लाखको संख्यामा कर तिर्ने विदेशी कामदारहरूको आवश्यकता रहेको पनि उनले प्रष्ट पारिन् ।
नेपालीद्वारा स्वागत
नेपाल सरकारले स्पेनसँग श्रम सम्झौता गर्ने चर्चा चलिरहेको बेला स्पेन सरकारले सिजनल भिसाको लागि पनि विशेष व्यवस्था कायम गर्ने आप्रवासी सम्बन्धी नयाँ नीतिको नेपाल सरकारले स्वागत गरेको छ ।
झन्डै दुई दशकदेखि स्पेनमा बस्दै आएका पर्वत मूल घर भएका सन्तोष पौडेलले स्पेन सरकारले अनुमोदन गरेको आप्रवासी नीति स्वागतयोग्य रहेको बताए । ‘कार्ड बन्नका लागि चाहिने न्युनतम बसाइँको अवधि तीन वर्षबाट दुई वर्षमा झर्नु भर्खर स्पेन छिरेका हजारौं नेपालीका लागि यो सुखद समाचार हो । तर अहिले नेपालीको चाप बढेकाले यहाँ सोचेजस्तो सहज भने छैन।
स्पेनको आप्रवासी नीति खुकुलो भएपछि अन्य युरोपेली मुलुकबाट स्पेन आउने नेपालीको चाप झन् बढ्ने देखिएको छ । आप्रवासी नीति सम्बन्धी चासो राख्दै आएका पौडेलले सरकारले नयाँ नियम अनुमोदन गरे तापनि व्यावहारिक रुपमा लागु हुन अझै केही समय लाग्नसक्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्