२०८१ पुष ११

नेपाली काँग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित ।

कैलाली, कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचितभएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुखमा उम्मेदवारी दर्ता गराएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित हुनुभएको हो ।
आइतबार नेपाली काँग्रेसबाट कैलारी गाउँपालिका–२ का सदस्य टीकाकुमारी र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रुपमतिले उम्मेदवारी दर्ता गराएकी थिइन ।
बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिनुभएको काँग्रेसका जिल्ला सचिव केशव मिश्रले बताए ।
नेपाली काँग्रेसले दलित र आदिवासीको प्रतिनिधित्व हुनेगरी जिल्ला समन्वय समितिको प्रमुखमा टीकाकुमारीलाई उम्मेदवार बनाएको थियो । निर्विरोध निर्वाचित भएपछि भुलले जिल्लाका स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने बताइन ।