२०८१ फाल्गुन २८

आज अपराह्नपछि काठमाण्डौँका केही स्थानमा हल्का वर्षा हुने ।

काठमाडौं । पश्चिमी र स्थानीय वायुका कारण आज अपराह्नपछि काठमाण्डौँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिनभर काठमाण्डौँमा आंशिकदेखि साधारणतया बदली हुने र अपराह्नपछि काठमाण्डौँका केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।
दिउँसो २ बजेपछि खण्डवृष्टिको सम्भावना रहेको हो । हिजो पनि काठमाडौंमा केही स्थानमा छिटपुट वर्षा भएको थियो ।
आज बिहान कोसी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ ।
विभागले आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।
कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।