आज नेपाल विश्वकै दोस्रो बढी प्रदूषित देश, भारत पहिलो नमबरमा भारत ।

काठमाण्डौँ, नेपाल संसारको दोस्रो प्रदूषित शहर भएको छ ।
स्विजरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा छ । पहिलो स्थानमा भारत छ ।
वातावरण विभागका अनुसार आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब पाइएको छ । त्यहाँको वायुको गुणस्तर १९२ एक्यूआई मापन भएको छ । त्यसपछि कैलालीको धनगढी, भक्तपुर, काठमाण्डौैँको शंखपार्क र रत्नपार्क तथा ललितपुरको खुमलटार, भैंसेपाटी क्षेत्रको हावा अति अस्वस्थकर तहमा पुगेको विभागले जनाएको छ ।
यसैगरी चितवनको भरतपुर र धनकुटाको वायुको गुणस्तर पनि अति खराब स्तरमा छ । त्यसैगरी काभ्रेको धुलिखेल, इलाम र बाँकेको नेपालगञ्ज क्षेत्रको हावाको गुणस्तर पनि खराब स्तरमा रहेको विभागको वेबसाइटमा देखिन्छ ।
हिजो बेलुका ललितपुरको लगनखेल क्षेत्रको एक्यूआई २०० सम्म नाघेको थियो । पानी नपरेसम्म वा बेस्सरी हावा नचलेसम्म धूलो र धुवाँका कण वायुमण्डलमा कायमै रहने भएकाले केही दिन यस्तो अवस्था कायमै रहने सम्भावना रहेको विभागले जनाएको छ ।
चैत १ गते काठमाण्डौँ लगायत देशको मध्य पहाडी भूभाग र उच्च हिमाली क्षेत्रमा हावा चल्ने सम्भावना भएकाले प्रदूषण केही घट्ने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्